पाथीभराको १६ हजार ३६८ किलोका घण्टी लिलामीमा
काठमाडौं । पाथीभरा मन्दिरमा रहेका १६ हजार ३६८ केजी १०० ग्रामका घण्टी लिलामीमा राखिएको छ । पाथीभरा क्षेत्र विकास समितिले मन्दिरका पुराना घण्टी बिक्रीका लागि लिलामीमा राखेको हो ।
पुराना घण्टीहरू जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरिएको समितिले जनाएको छ । हिन्दू तथा बौद्ध धर्मालम्बीको पवित्र धार्मिकस्थल पाथीभरा ताप्लेजुङमा अवस्थित छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
