नेप्से ८.३० अंकले घट्यो, साढे आठ अर्बको सेयर कारोबार
काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।
आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता शेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१