प्रियंका गान्धीले लिइन् लोकसभा सांसदको शपथ
काठमाडौं । प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् । बिहान करिब ११ बजे सदन पुगेकी प्रियंका गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर शपथ लिएकी थिइन् ।
हालै भएको लोकसभा उपचुनावमा उनले केरलाको वायनाड सिटबाट जित हासिल गरेकी थिइन्। प्रियंका गान्धीले पहिलो पटक चुनाव लडेकी थिइन् । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो ।
यस वर्ष भएको लोकसभा चुनावमा राहुल गान्धी रायबरेली र वायनाडबाट चुनाव लडे र दुवै ठाउँबाट विजयी भएका थिए । यसपछि उनले वायनाड सिट छोडे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
