माहुरी चोरी गरेको मुद्दामा ४ वर्षभन्दा बढीको जेल सजाय

भक्तपुर न्यूज

१३ मंसिर २०८१ १५:२७

माहुरी चोरी गरेको मुद्दामा ४ वर्षभन्दा बढीको जेल सजाय

काठमाडौं । बुलन्दसहरको एक अदालतले एउटा निजी माहुरी पालन केन्द्रमा चोरी गरेको मुद्दामा एक व्यक्तिलाई ४ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । माहुरी चोरीमा दोषी भेटिएपछि आरोपी अमरवीर सिंहलाई ४ वर्ष ७ महिना ११ दिनको सजा सुनाइएको हो ।

सन् २०१५ मा रुडपुर बांगर गाउँका अमरवीर सिंहमाथि छतारीमा रहेको मौरीपालन केन्द्रबाट माहुरीका ७६ बाकस चोरी गरेको आरोप लागेको थियो । यसपछि माहुरी केन्द्रका मालिक मोहम्मद उस्मानले सन् २०१५ को सेप्टेम्बर १० मा प्रहरीमा उजुरी दिए । आईपीसीको धारा ३७९ र ५०६ अन्तर्गत अनुप शहरका प्रहरीले मुद्दा दर्ता गराएको थियो ।

प्रहरीले सन् २०१६ मा अदालतमा आरोपपत्र दायर गर्‍यो । नौ वर्षसम्म चलेको मुद्दाको सुनुवाइपछि अतिरिक्त न्यायाधीश यज्ञेशकुमार सोनकरले आरोपितलाई नोभेम्बर २६ मा दोषी ठहर गरेका थिए । आफूले सबै आशा त्यागेको, तर अन्ततः न्याय प्राप्त भएको फैसला आएपछि मोहम्मद उस्मानले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय