चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन

भक्तपुर न्यूज

१३ मंसिर २०८१ १२:३७

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपाली बक्सअफिसमा ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा नेपालमा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ तिहारको छेको पारेर कात्तिक १५ गते रलिज भएको थियो । यो चलचित्रले अमेरिका र क्यानडामा साढे ९ करोडभन्दा माथि कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । अस्ट्रेलियामा ९ करोड कलेक्सन गरेको छ ।

मिडल इस्टमा ५ करोड रुपैयाँभन्दा माथि ग्रसक कलेक्सन गरेको निर्माणपक्षको भनाइ छ । हालसम्म यो चलचित्रले नेपाल र नेपालबाहिर गरी ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाइसकेको छ । ‘कबड्डी–४’को नाममा रहेको साढे २३ करोडको ग्रसकलेक्सनलाई उछिन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रेकर्ड आफ्नो नाममा ल्याएको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दै एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि आफ्नो नाममा राखेको थियो ।

यो चलचित्रले पहिलो दिन कति कलेक्सन गरेको थियो । अथवा ओपनिङ कत गरेको थियो ? “पहिलो दिन पूर्ण बहादुरको सारङ्गीले मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नेपालभरबाट १७ लाख ग्रसकलेक्सन गरेको थियो,” निर्माता विनोद पौडेलले भने, “तेस्रो दिनको दिउँसोबाट देशभर हाउसफुल हुन सुरु भएको थियो ।”

यो चलचित्रले सबैभन्दा धेरै १६ करोड ९२ लाख कलेक्सन दोस्रो हप्ता गरेको थियो । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय