फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, धेरै जिल्लामा ‘रेड अलर्ट’ जारी

भक्तपुर न्यूज

१२ मंसिर २०८१ १४:२१

फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, धेरै जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । भारतीय राज्य तमिलनाडुमा भारी वर्षा हुने सम्भावनाका कारण धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय प्रशासनले चेन्नई र वरपरका जिल्लामा विद्यालय बन्द गर्न आदेश दिएको छ।

भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको दक्षिण-पश्चिममा रहेको चापीय प्रणाली फेङ्गल नामको आँधीमा परिणत हुने सम्भावना छ। समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सर्नेछ र चक्रवातको रूप लिन सक्छ।

मौसम विभागका अनुसार तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ। बीबीसी तमिलका अनुसार प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ।

कम्तीमा दुई जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। आगामी शुक्रबारसम्म वर्षा जारी रहने भारतीय मौसम विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय