चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने
काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने छ ।
बस चितवनको चितवन मेडिकल कलेज (सीएमसी)बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ । खेलपछि फर्कने व्यवस्था पनि हुनेछ । यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ । खाजाको पनि व्यवस्था गरिने जनाइएको छ । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६