राष्ट्रपतिले आज ८ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दैछन् । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको पुरस्कार ८ विधामा वितरण हुनेछ ।
घरेलु फिल्मको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने एकजना फिल्मकर्मीलाई ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिनेछ । रिल बोक्दा ज्यान गुमाउने एकजना व्यक्तिका परिवारलाई ५० हजार राहत दिइनेछ । ११ जना फिल्मकर्मीलाई सम्मान पत्र प्रदान गरिने भएको छ ।
विशेष चलचित्र पुरस्कार जित्ने फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । मुख्य ८ विधामा उत्कृष्ट हुने फिल्म र फिल्मकर्मीले नगद २५ हजार पनि पाउनेछन् । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, आदिवासी फिल्मसहितका ८ विधा समेटिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६