माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
समसामयिक राजनीतिक विषयसँगै विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन सहितका विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो।
केन्द्रीय समितिको बैठक आगामी पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय यसअघि नै माओवादी केन्द्रले गरिसकेको छ। आजको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा पनि छलफल हुने सम्भावना छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
