विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख दिने घोषणा
काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । विराटनगरका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन् ।
विराटनगर किंग्सले एनपीएलमा कोशीको प्रतिनिधित्व गर्नेछ । मंगलबार मुख्यमन्त्री कार्कीले टोलीलाई बिदाइ गर्दै जितको शुभकामना दिएका थिए । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
