विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख दिने घोषणा

भक्तपुर न्यूज

१२ मंसिर २०८१ १३:१०

विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख दिने घोषणा

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । विराटनगरका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन् ।

विराटनगर किंग्सले एनपीएलमा कोशीको प्रतिनिधित्व गर्नेछ । मंगलबार मुख्यमन्त्री कार्कीले टोलीलाई बिदाइ गर्दै जितको शुभकामना दिएका थिए । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *