युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रुसी विदेशमन्त्री सर्गेइ

भक्तपुर न्यूज

१२ मंसिर २०८१ १२:४३

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रुसी विदेशमन्त्री सर्गेइ

काठमाडौं । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रुसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् ।

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने,’युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् ।’

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई ‘बढ्दो कदम’ का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शत्रु पक्षको कुनै क्रियाकलापले रुसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय