बुधबार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलामा २ हजार ६ सय रूपैयाँ र सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८