३३.४१ अंकले बढ्यो नेप्से परिसूचक, सात अर्ब ४४ करोड रुपैयाँको कारोबार
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८