एजेन्सी, १ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले वाट्फोर्डलाई ६–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
0
Share.
Comments