एनपीएल उद्घाटन खेलका सम्पूर्ण भीआईपी टिकेट पहिलो दिनमै ‘सोल्ड आउट’

भक्तपुर न्यूज

११ मंसिर २०८१ १२:१९

एनपीएल उद्घाटन खेलका सम्पूर्ण भीआईपी टिकेट पहिलो दिनमै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सम्पूर्ण भीआईपी टिकेट सोल्ड आउट भएका छन् । प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट लाइभ गरेको पहिलो दिनमै भीआईपी टिकेट बिक्री बारे जानकारी दिएको हो ।

खल्तीले सोमबार मात्र यही १५ मङ्सिरदेखि सुरु हुने एनपीएलका टिकेट आफ्नो डिजिटल वालेटमा लाइभ गरेको थियो । जसअनुसार भीआईपी टिकेटको मूल्य खेल अनुसार पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तोकिएको छ । साधारण टिकेट भने ३०० रुपैयाँदेखि पाँच सय रुपैयाँ पर्नेछ ।

त्यस्तै साधारण र भीआईपी दुवैका लागि सिजनल टिकेट समेत उपलब्ध गराइएको छ । जसअनुसार साधारण सिजनल टिकेटको मूल्य छुट सहित चार हजार ४८० रुपैयाँ रहेको छ भने भीआईपी सिजनल टिकेटको मूल्य छुटसहित आठ हजार २८० रुपैयाँ तोकिएको छ । टिकेट बुकिङका लागि यहाँ क्लिक गर्नु होस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय