एमाले चाँगुनारायणको अध्यक्षमा पुनः तिमिल्सिना
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चाँगुनारायण नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमिल्सिना पुनः निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा परासर सापकोटालाई पराजित गर्दै तिमिल्सिना पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा भागवतराम गेलाल तथा उपसचिवद्वयमा अश्विन गिरी र अनिता शाह मल्ल निर्वाचित भएका छन् । तिमिल्सिनाको नेतृत्वमा ७५ सदस्य कमिटी गठन भएको एमाले जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
