एकैदिन १५०० रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।
यस्तै आज महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
