रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

भक्तपुर न्यूज

५ मंसिर २०८१ ११:५२

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्नेछ । मंगलबार बसेको बैठक आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

रास्वपाले सभापति रवि लामिछाने सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। यस अन्तर्गत पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेको रास्वपा दोस्रो चरणको आन्दोलन र यसको स्वरुपबारे छलफलमा जुटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *