संघीय संसदअन्तर्गतका आज तीनवटा समितिको बैठक बस्दै

भक्तपुर न्यूज

५ मंसिर २०८१ ११:४१

संघीय संसदअन्तर्गतका आज तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका आज तीनवटा समितिको बैठक बस्दैछ। आज अर्थ समिति,विद्यायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

अहिले बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितमा छलफल हुनेछ।

यसैगरी बैठकमा मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ मा दफावार छलफल हुने कार्यसूची छ। बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय