रास्वपाले सरकारविरुद्ध साँझ ७ बजे ७ मिनेट खबरदारी घन्टी बजाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घण्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।
दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको हो ।
रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घण्टी बजाउन सबैमा अनुरोध गर्दछौँ ।’
घण्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६