मोरङमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते
काठमाडौं । मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोतीजन कन्ट्रक्सन प्रालिको बा.प्र ०३–००१क–०२७४ नम्बरको टिपरले कानेपोखरी–२ का ३५ वर्षीय रमेश दाहाललाई सोमबार बिहान ८ः३० बजेतिर ठक्कर दिएको हो । दाहालको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति थिए । कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकीका अनुसार दाहालको गम्भीर दाहालको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । दाहाललाई ठक्कर दिने टिपर र चालक जर्नल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
