घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, २९ भदौ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ तथा चाँदी ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला ५७ हजार १ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
