पूर्व सभामुख दमननाथ ढुंगानाको निधन
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पताल पुरानो बानेश्वरमा उपचाररत उनको आज दिउँसो निधन भएको नेपाल बार एशोसियसशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
ढुंगाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
