सामान्य अंकले बढ्यो सेयर बजार, ११ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९८ अंकले बढेर दुई हजार ७ सय ५३ दशमलव ७६ को विन्दुमा पुगेको छ ।
आज करिब पौने १२ अर्ब अर्थात् ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १३ मध्ये ९ उपसमूहको शेयर बढेको छ भने बैंक, फाइनान्स, उत्पादन र प्रशोधन तथा निर्जीवन बीमा उपसमूहको शेयर घटेको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रहेको छ ।
आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१५ जेठ २०८२ ११:३०
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
१५ जेठ २०८२ १०:३९