अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।
मन्त्रीहरु उपस्थित हुन नसक्ने भएपछि आजका लागि तय भएको बैठक स्थगित भएको हो ।
परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।
समिति सचिवालयका अनुसार आजैको बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् ।
आजका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
