ओरालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सयले घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
