दयाहाङ राई स्टारर फिल्म ‘दु:खी आत्मा’ को प्रदर्शन मिति तय

भक्तपुर न्यूज

३० कार्तिक २०८१ १४:०१

दयाहाङ राई स्टारर फिल्म ‘दु:खी आत्मा’ को प्रदर्शन मिति तय

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘दु:खी आत्मा’को प्रदर्शन मिति तय भएको छ । दीपेन्द्र लामा निर्देशित यो फिल्म ‘भ्यालेन्टाइन्स डे’को दिनमा २ फागुनमा हलमा रिलिज हुनेछ ।

निर्माता कम्पनी क्लक वर्क क्रियसनले शुक्रबार फिल्मको टाइटल डिजाइनसहित प्रदर्शन मिति घोषणा गरेको हो । दयाहाङसहित आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय यसमा छ ।

निर्माता हिमाल कडरिया हुन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दु:खी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय