इङल्याण्डका पुर्व अलराउण्डर रवि बोपारा चितवन राइनोजबाट खेल्ने

भक्तपुर न्यूज

३० कार्तिक २०८१ ११:३९

इङल्याण्डका पुर्व अलराउण्डर रवि बोपारा चितवन राइनोजबाट खेल्ने

काठमाडौं । इङल्याण्डका पुर्व अलराउण्डर रवि बोपारा चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवन राइनोजले ३९ वर्षीय बोपारालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

बोपाराले २००७ देखि २०१५ सम्म इङल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले भारतको आइपिएलदेखि विश्वका कैयौं टी-२० लिग खेलेका छन् । हालै हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपालले पराजित गरेको इङल्याण्ड टिमका भोपारा कप्तान थिए ।

नेपाली राष्ट्रिय टिमका कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यसअघि दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज, इङल्याण्डका लुक बेनकेनस्टिन र अफगानिस्तानका हसन एइसाखिललाई भित्र्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *