सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?
काठमाडौं । आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सयले बढेर तोलाको १ लाख ६० हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको १ लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
