रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा आज पनि प्रदर्शन

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ १७:२१

रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा आज पनि प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार पनि रूपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल र्‍याली निकालेर जिल्ला सरकारी वकिल कार्यालय नजिक पुगेर रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरिएको उनीहरूको आरोप छ । प्रदर्शनकारीहरूले ‘दोषी समाऊ सरकार, दोषी चस्माले हेरेर होइन, राजनीतिक प्रतिशोधको खेल बन्द गर, सत्ताको दुरुपयोग बन्द गर’सहित नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई मंगलबार पोखराबाट भैरहवा लगिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय