गण्डकी प्रदेश सभा सदस्य गौचनको निधनप्रति सभापति देउवाद्धारा दु:ख व्यक्त

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ १२:२१

गण्डकी प्रदेश सभा सदस्य गौचनको निधनप्रति सभापति देउवाद्धारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विमला गौचनको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सभापति देउवाले गौचनको आत्माको चीर शान्तिको कामना गर्दा उनको परिवारमा गहिरो समवेदन व्यक्त गरेका छन्।

गौचनको काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ।

गौचनको शव अस्पतालमै राखिएको उनले बताए । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *