झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ ११:४५

झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ। खनाल र राजदूत ताइयोङबीच बिहीबार बिहान भेटवार्ता भएको हो।

भेटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचास वर्ष पुगेको शुभकामना दिएका थिए। नेता खनालले नेपाल र कोरियाबीच धेरै लामो लामो समयदेखि सुमधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरेका थिए।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए। भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय