काठमाडौंका विभिन्न स्थानमा आजदेखि दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने

भक्तपुर न्यूज

२८ कार्तिक २०८१ १३:२४

काठमाडौंका विभिन्न स्थानमा आजदेखि दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ । कात्तिक २८ गतेदेखि एक हप्तासम्म विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको लाइन आज बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन ।

त्यस्तै आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४)कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय