दुर्घटनामा परेका इक्वेडरका फुटबलर मार्को एङ्गुलोको निधन
काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ ।
२२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ । उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्वेडरकै क्लब एलडियू क्विटोमा लोनमा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
