दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

भक्तपुर न्यूज

२८ कार्तिक २०८१ ११:५८

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जनालाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले शंकर कोइराला आख्यान पुरस्कार (रु. २५ हजार) बाट आख्यानकार डा. राजेन्द्र विमल र कुमार–सरस्वती साहित्य पुरस्कार (रु. २५ हजार) बाट साहित्यकार समालोचक प्रा. डा. अभि सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसैगरी, चूडामणि गौतम व्याकरण–कोश पुरस्कार (रु. ५१ हजार १११) बाट व्याकरणविद् प्रा. मुकुन्दशरण उपाध्याय र रामप्रसाद पन्त वाङ्मय पुरस्कार (रु. ५५ हजार ५५५) बाट साहित्यकार समालोचक प्रा. डा. गोविन्दराज भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारहरू नेपाली भाषासाहित्य र समालोचनाका क्षेत्रमा योगदान गर्ने क्रमशः आख्यानकार शंकर कोइराला, साहित्यकार समालोचक प्रा.डा. कुमारबहादुर जोशी, कोशकार चूडामणि गौतम र साहित्यकार रामप्रसाद पन्तका नाउँमा स्थापित पुरस्कारहरू हुन् ।

यी सबै पुरस्कारहरू आगामी मंसिर १ गते काठमाडौंमा आयोजना गरिने समारोहमा पुरस्कृत महानुभावहरूलाई समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय