शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा फैजान खान पक्राउ

भक्तपुर न्यूज

२७ कार्तिक २०८१ १४:१०

शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा फैजान खान पक्राउ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले छत्तीसगढको राजधानी रायपुरबाट फैजान खान नामका वकिललाई पक्राउ गरेको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।

नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन् । यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो । धम्की आएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसको भोलिपल्ट मुम्बईका तीन प्रहरी अधिकारी रायपुर पुगेर फैजान खानसँग सोधपुछ गरेका थिए । शाहरुख खानलाई धम्की आएको भनिएको फोन नोभेम्बर २ मा नै हराएको र यसबारे आफूले रायपुर प्रहरी चौकीमा लिखित उजुरी दिएको यो सोधपुछपछि फैजान खानले मिडियालाई भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय