रविलाई बयानका लागि रूपन्देही सरकारी वकिल कार्यालय पुर्‍याइयो

भक्तपुर न्यूज

२७ कार्तिक २०८१ १३:५७

रविलाई बयानका लागि रूपन्देही सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ।

उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार नै जहाजमार्फत् लामिछानेलाई मंगलबार भैरहवा पुर्‍याएर त्यहाँबाट बुटवल ल्याइएको हो।

लामिछानेलाई भैरहवा पुर्‍याउँदा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेको थियो। कास्की अदालतबाट चार पटकसम्म म्याद लिई उनीमाथि अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय