काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

भक्तपुर न्यूज

२७ कार्तिक २०८१ १२:३६

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, चप्पल कारखानाका ४० वर्षीया दीपा कार्कीसहितका व्यक्तिहरू छन् ।

चप्पल कारखानास्थित गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ७९ हजार ४६५ रुपैयाँ र आठ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय