कार्तिक आर्यन स्टारर भूल भुलैया-३ दुई सय करोड क्लबमा

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ १५:१८

कार्तिक आर्यन स्टारर भूल भुलैया-३ दुई सय करोड क्लबमा

काठमाडौं । बलिवुड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

भूल भुलैया ३ ले भारतीय बक्स अफिसमा २०० करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबार १८ करोड १० लाख कमाई गर्दै कुल २१६ करोड ७६ लाख कमाई गरेको हो ।

यो कार्तिक आर्यन र निर्देशक अनिज बज्मीको पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । त्यस्तै भूल भुलैया सिरिजको पनि पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बनेको छ ।

फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ति डुमरी र माधुरी दिक्षितको पनि प्रमुख भूमिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय