लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ १५:०६

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । हिल्टन होटलमा सोमबार आयोजित एक कार्यक्रमबीच लुम्बिनीले हमाललाई ब्रान्ड एम्बासडरका रुपमा घोषणा गरेको हो । हमालले लुम्बिनी लाइन्समा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।

‘व्यक्तिगत रुपमा एनपीएललाई मात्र होइन, समग्र क्रिकेटलाई लिएर लुम्बिनीले जुन किसिमको प्रतिबद्बता देखाइरहेको छ, त्यसबाट म प्रोत्साहित छु’, उनले भने । एनपीएल र नेपाली क्रिकेटको प्रवर्द्धनमा आफूले भूमिका खेल्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *