कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका एक युवकको मृत्यु

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ ११:२४

कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका एक युवकको मृत्यु

काठमाडौं । कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका एक युवकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको कुटपिटपछि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको आरोप लगाउँदै सुरेशमाथि निर्घात कुटपिट भएको थियो । ‘२४ कात्तिकमा उनीमाथि कुटपिट भएकोमा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ,’ डीएसपी बोहराले भने, ‘कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरेका छौँ ।’

उनका अनुसार गौरीगंगा–११ की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, एक १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको हो । युवतीसहित पाँच जनालाई सोमबार बिहान इलाका प्रहरी कार्यालय, मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय