सोहेब मकसूद जनकपुर बोल्ट्समा अनुबन्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले सोहेब मकसूदलाई अनुबन्ध गरेको छ । सोमबार जनकपुर बोल्ट्सले मकसूदलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।
३७ वर्षिय पाकिस्तानी खेलाडी मकसूदलाई थुप्रै टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् । मिडल–अर्डर ब्याट्सम्यान मकसूदले देशबाट २६ अन्तर्राष्ट्रिय टी–२० खेलमा २७३ रन बनाएका छन् भने १७० टी–२० खेलमा ३ हजार ९२८ रन बनाएका छन् ।
यसअघि जनकपुरले श्रीलंकाका लाहिरू मिलान्था, न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका मोहम्मद मोहसिन र जोशुवा ट्रम्पलाई अनुबन्ध गरेको थियो । जनकपुरमा आसिफ शेख मार्की खेलाडी तथा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
क्यानको आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
