रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

भक्तपुर न्यूज

२५ कार्तिक २०८१ ११:५९

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ पाँच जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । उनी पक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन् । उनीसँगै अरु चार जनालाई पनि अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने, उनका साझेदार एवम् पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइँ र सहकारी ठगी प्रकरणमै समातिएका बागलुङको ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय