सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना घाइते

भक्तपुर न्यूज

२३ कार्तिक २०८१ १५:३९

सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको उनले बताए।

गाडी सडकबाट तल खसेको हो। गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय