सुनको मूल्य तोलामा दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
