सुनको मूल्य तोलामा दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२३ कार्तिक २०८१ ११:२७

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *