नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।
४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स दुई हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स दुई हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।
यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने पनि टेलिकमले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५६