नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय गन्तव्यमा हुने उडान समय परिवर्तन
काठमाडौं । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि कात्तिक २३ गतेबाट मर्मत सम्भारको काम सुरु हुने भएकोले नारिता, दोहा र दुबईको उडान समय परिवर्तन गरेको छ।
भोलिबाट त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहने छ। नेपाल एयरलाइन्सका अनुसार काठमाडौं-नारिता उडान अब राति ९ बजेर १५ मिनेटमा हुनेछ । त्यसैगरी नारिता–काठमाडौं उडान भने अब स्थानीय समयअनुसार बिहान ९ बजेर २५ मिनेटमा हुनेछ।
काठमाडौं–दोहा उडान पनि अब राति ९ बजेर ३० मिनेटमा हुनेछ भने दोहा–काठमाडौं उडान स्थानीय समय अनुसार बिहान २ बजेमा हुनेछ । त्यस्तै काठमाडौं-दुबई उडान अब राति ९ बजेर ३५ मिनेटमा र दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४ बजेर १० मिनेटमा हुनेछ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
