भारतको झारखण्डस्थित चतरामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
काठमाडौं । भारतको झारखण्डस्थित चतरा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० वर्षीया विशाखा कुमारी, ८ वर्षीया कीर्तिकुमारी र १० वर्षीया अंशुकुमारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटना चतराको हन्टरगञ्जको वशिष्ठ नगर थाना क्षेत्रको धोबे गाउँको हो। पन्जाब केशरीको समाचारअनुसार तीनै बालिका पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
गाउँलेहरूले पोखरीमा तैरिरहेको बालिकाको शव देखेपछि घटना बाहिर आएको हो । घटनाले गाउँभर शोक छाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
