नैतिकताका आधारमा पदबाट राजिनामा दिएको कोशीका कानुनमन्त्रीको भनाइ

भक्तपुर न्यूज

२१ कार्तिक २०८१ १४:२९

नैतिकताका आधारमा पदबाट राजिनामा दिएको  कोशीका कानुनमन्त्रीको भनाइ

काठमाडौं । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।

मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएका मन्त्री अधिकारीले आज राजीनामा दिएका हुन्। अधिकारीको राजीनामा स्वीकृत भइसकेको मुख्‍यमन्त्री कार्यालयले जनाएको छ। राजीनामा दिएपछि मन्त्री अधिकारीले नैतिकताको आधारमा राजीनामा दिएको बताए।

उनले भने, ‘सन्चार माध्यमा टिकाटिपणी आएपछि नैतिकताको खडेरी लागेको बेला उच्च नैतिकताका आधारमा मैले पदबाट राजिनामा दिएको हुँ।’ समय अभावका कारण मुख्यमन्त्रीलाई जानकारी गराउन नसकेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय