राजधानीमा अचाक्ली धुलोधुँवा

भक्तपुर न्यूज

२८ भदौ २०७४ २:३६

राजधानीमा अचाक्ली धुलोधुँवा

काठमाडौं, २८ भदौ । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले। रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन्। उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ। खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक(पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन्। चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे। रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए। रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा।गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए। आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन्। तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन। डा। राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए। रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ। तनाव लिएजस्तो देखिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *